सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गठबन्धन र (२)मा एमाले विजयी | Khabarhub Khabarhub

सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गठबन्धन र (२)मा एमाले विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत प्राप्त गरेका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी भएका हुन् ।

विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए। कांग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भिडन्त हो । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् । जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दिएका थिए ।

प्रदेशसभा (१) मा माओवादी विजयी

प्रदेशसभा (१)मा माओवादी केन्द्र कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका छन् । कार्की ३४ मतान्तरले विजयी भएका हुन् । उनी निकटतम् प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्  । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१)मा ३१ हजार पाँच सय चार मत खसेको थियो । प्रदेशसभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा कांग्रेसले जितेको थियो । यस निर्वाचनसहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेशसभा (१)मा जितेको छ । 

प्रदेशसभा(२) एमाले विजयी 

प्रदेशसभा(२) मा सदस्यमा नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप निर्वाचित भएका छन् ।  एमालेका लिङ्थेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सरिता थापाले १५ हजार दुई सय ४२ मत ल्याएका छन् । 

एमालेका लिङ्थेप दुई सय ४० मतान्तरले विजयी भएका हुन् । विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान प्रमुख थिए। गठबन्धनको साथ  पाएका थापा यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसकेका छन् । एमालेका लिङ्थेप र समाजवादीकी थापा पूर्वसहकर्मीसमेत हुन् । प्रदेशसभा (२) मा ३४ हजार मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको थियो । 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४३ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले