यी हुन् सांसद बनेका पाँच जना स्वतन्त्र उम्मेदवार (सूचीसहित) | Khabarhub Khabarhub

यी हुन् सांसद बनेका पाँच जना स्वतन्त्र उम्मेदवार (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो पटकको निर्वाचनमा चर्चामा रहेको रौतहट निर्वाचन क्षेत्र नं ३ मा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भए । साहले निकटत प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका हुन् ।

उनले ले ३२ हजार ४३७ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए । साह यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन् । उनको यो लगातार चौथो जित हो ।

नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए ।

यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्‍मेदवार किरण कुमार साह विजयी भएका छन् । उनले नेपाली काँग्रेसका मोहम्मद फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।

साथै बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले २६ हजार पाँच सय २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पराजित गरेका हुन् । पन्थले २६ हजार तीन सय ८४मत प्राप्त गरेका गरेका थिए ।

यता सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

यस्तै मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।

नेकपा एमालेबाट टिकट नपाएपछि बागी उठेका मण्डल २१ हजार ८ सय २० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतक प्रतिश्पर्धी नेकपा माओवादीका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत प्राप्त गरे।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : २० बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले