यी हुन् लोसपाबाट विजयी भएका चार सांसद (नामसहित) « Khabarhub

यी हुन् लोसपाबाट विजयी भएका चार सांसद (नामसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ मतपरिणाम सार्वजनिक भइरहँदा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आठौं स्थानमा देखिएको छ । बर्तमान सत्ता गठबन्धनसँग चुनावी तालमेल गरि निर्वाचनमा होमिएको लोसपाले अहिलेसम्म मात्रै चार ठाउँमा जित निकालेको छ ।

लोसपाको तर्फबाट रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् । शुक्ला २८ हजार मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार प्रमोद कुमार यादवले २२ हजार ७४० मत प्राप्त गरेका थिए ।

यस्तै लोसपाबाट विजयी हुने अर्का नेता हुन्, पार्टी अध्यक्ष महन्थ ठाकुर । उनी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

यता महोत्तरीको क्षेत्र नम्बर २ मा पनि लोसपाकै शरत सिंह भण्डारी विजयी भएका छन् । उनी २५ हजार १९० मतसहित विजयी भएका हुन् । भने सर्लाहीको क्षेत्र नम्बर १ मा पनि लोसपाले जित हात पारेको छ । त्यहाँ लोसपाका नेता राम प्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : १५ बजे

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज