महान्यायाधिवक्ता खातीले दिए राजीनामा « Khabarhub

महान्यायाधिवक्ता खातीले दिए राजीनामा


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा उनले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताए। उनको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ ।

त्यस्तै, कर्मचारी सेवा सर्तसम्बन्धी छुट्टै कानून ल्याउने विषय अघि बढे पनि त्यो पूरा भने हुन सकेन । सरकारी वकिलको यही पुस ८ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसमा मुद्दाको महाअभियोजनकर्ता र महान्यायाधिवक्ता फरक हो भन्ने घोषणापत्रमा आएको थियो ।  

प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रूपमा उहाँ २०७८ साउन १ गतेदेखि नियुक्त भएका थिए। उनले १७ महिना १० दिन काम गरे ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : ४४ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी