बैंकिङ कसुरका चार दोषी पक्राउ  | Khabarhub Khabarhub

बैंकिङ कसुरका चार दोषी पक्राउ 


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुरमा दोषी ठहर भई कैद र लाखौँ जरिवाना तोकिएर फरार रहेका चार व्यक्तिलाई प्रहरीले विभिन्न क्षेत्रबाट पक्राउ गरी अदालतमा पेस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त मुद्दाका दोषी मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकास ज्योति, भक्तपुर सूर्य नगरपालिका–१० बस्ने ३५ वर्षीय रामसुन्दर कार्की र गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरुलाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकासलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

उनीहरूमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार जरिवाना, विकासलाई १५ दिन कैद र ४२ लाख जरिवाना, राम सुन्दरलाई चार दिन कैद र १५ लाख ९२ हजार जरिवाना र नवराजलाई १० दिन कैद तथा रु २९ लाख जरिवाना हुने फैसला सुनाएको थियो । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ६ : ४२ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।