कन्चनपुरमा अब फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने « Khabarhub

कन्चनपुरमा अब फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कन्चनपुर – शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ ।

बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडी बढने भएको हो। वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

‘मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान गर्दा तीन वर्षदेखि काम अलपत्र परेको थियो’, उनले भने, ‘सामुदायिक वनको नौ विघा १० कट्टा जग्गामा रु ३० करोडको लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको छ, चाँडै ठेक्का प्रक्रियामार्फत निर्माणको काम अगाडी बढ्छ ।’

सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालयले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदासम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य गर्नमा अवरोध गर्दै आएको थियो ।

जग्गाको भोगाधिकार प्राप्त गर्नाका लागि मन्त्री परिषद्को बैठकको निर्णय मात्र वैधानिक हुने तर नगरपालिकाले यस्तो वैधानिकता प्राप्त नगरेको भन्दै निर्माणका गतिविधि हुन दिइएको थिएन । सो केन्द्र निर्माणका लागि माटो परीक्षण र प्रारम्भीक वातावरणीय परिक्षण तथा वातावरणीय प्रभाव मूल्याङकनको कार्य यस अघि नै गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ७ : ५९ बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति