डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा « Khabarhub

डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको छ ।

दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेका हुन् । ४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् । डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार वन रक्षकको सबैभन्दा बढी अभाव छ ।

२७ जना वन रक्षकको दरबन्दी रहे पनि १७ पद रिक्त छ । ३ सहायक वन अधिकृत, एक खरिददार र एक फरेष्टरसहित २२ जना कर्मचारीको पद रिक्त रहको सुवेदीले बताए । डिभिजन वन कार्यालय मातहतका जिल्लाका सवडिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न निकै समस्या भएको हो ।

एक सहायक वन अधिकृतले तीन वटा सम्म पालिका तथा दुई सव डिभिजन कार्यालय हेर्नुपर्ने बाध्यता रहेकाले दैनिक कार्यसम्पादनमा निकै समस्या भएको सुवेदीको भनाइ छ । आठ वटा स्थानीय तह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सबडिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सवडिभिजन कार्यालय मात्र छ । ती कार्यालयमा पनि दरबन्दी अनुसार कर्मचारी नहँदा अन्य कर्मचारीलाई मार पर्ने गरेको छ ।

लमजुङमा कुल भूभागमध्ये ६७ हजार ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कुल वन क्षेत्रको करिव २८ प्रतिशत अर्थात १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वन सहित ३ सय ४१ सामुदायिक वन उपभोक्त समूह र १ सय ७३ कवुलिययती वन समूह रहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ८ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी