साउदीमा २५ नेपाली अलपत्र, भन्छन्- कम्पनी नै भेटिएन « Khabarhub

साउदीमा २५ नेपाली अलपत्र, भन्छन्- कम्पनी नै भेटिएन

पीडितको पीडा–'बाथरुमको पानी खान बाध्य छौँ'



दोहा– साउदी अरबलगायत खाडीका विभिन्न देशमा नेपाली अलपत्र पर्नेक्रम बढेको छ। रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली बिचल्लीमा परेका छन्।

राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याईएका उनीहरु दुई हप्तादेखि अलपत्र परेका हुन्।

काठमाडौँको सिनामंगलमा रहेको आसिन ओभरसिज प्रालिमार्फत साउदीको सपोर्ट भिजन कम्पनीमा पुगेका नेपाली अलपत्र परेका हुन्। त्यहाँ सपोर्ट भिजन कम्पनी नै नभेटिएपछि आफूहरु समस्यामा परेको अलपत्र मध्येका एक दाङका अमर परियारले जानकारी दिए।

आसिन ओभरसिजलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ८० हजारसम्म बुझाएर मेन्टीनेन्स हेल्फर कामका लागि त्यहाँ पुगेका उनीहरु सम्झौता पत्रमा उल्लेख गरिए अनुसारको कम्पनी नभेटेपछि अलपत्र परेका हुन्।

‘हामीलाई सम्झौता पत्रमा फ्रि भिसा फ्रि टिकट भनिएता पनि म्यानपावरले यति ठूलो रकम असुलेको थियो। हामीले यहाँ आएपछि करार पत्रमा उल्लेख गरिएको सपोर्ट भिजन कम्पनी भेटेनौँ’, अमरले खबरहबसंग भने, ‘हामी २५ जना एउटै कोठामा बसेको पनि १२ दिन भयो।’

कम्पनी नभेटिएपछि आफूहरु दलालको फन्दामा परेको अर्का पीडित खिमबहादुर परियारले बताए। ‘हामीलाई राम्रो काम दिलाउने भनेर म्यानपावर कम्पनी तथा दलालले फसाए’, उनले भने, ‘हामी यहाँ आइपुगेपछि न त कम्पनी नै छ न त खाने बस्ने व्यवस्था । अहिले सबैको बिचल्ली भएको छ।’

उनले एजेन्ट फरार रहेको बताए। उनीहरुलाई त्यहाँ लाने एजेन्ट सम्पर्कबाहिर भएपछि समस्था थपिएको छ। ‘अहिले हामी बसिरहेको क्याम्प पनि कुनै एक सप्लाई कम्पनीको हो, निस्किएर जा भनेको छ, यहाँ पनि पिउने पानी छैन बाथरूमको पानी पिउनु परेको अवस्था छ’, उनले थपे, ‘अब हामी निस्किएर कहाँ जाने ?।’

आफूहरु भने अनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरुले घरबाट टिकट मगाएर भए पनि नेपाल फर्किने र म्यानपावर तथा एजेन्टसंग आफ्नो पैसा फिर्ता गरेर न्याय दिन विभिन्न संघसंस्थालाई अनुरोध गरेका छन्।

कोरोना महामारीका कारण एउटै कोठामा बस्दा केही साथी बिरामी परेको परियारले बताए। रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई तत्काल उद्धार गर्न उनीहरुले आग्रह गरेका छन्।

यस्तो छ सम्झौता पत्रः

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ९ : ३१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई