साउदीमा २५ नेपाली अलपत्र, भन्छन्- कम्पनी नै भेटिएन « Khabarhub

साउदीमा २५ नेपाली अलपत्र, भन्छन्- कम्पनी नै भेटिएन

पीडितको पीडा–'बाथरुमको पानी खान बाध्य छौँ'



दोहा– साउदी अरबलगायत खाडीका विभिन्न देशमा नेपाली अलपत्र पर्नेक्रम बढेको छ। रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली बिचल्लीमा परेका छन्।

राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याईएका उनीहरु दुई हप्तादेखि अलपत्र परेका हुन्।

काठमाडौँको सिनामंगलमा रहेको आसिन ओभरसिज प्रालिमार्फत साउदीको सपोर्ट भिजन कम्पनीमा पुगेका नेपाली अलपत्र परेका हुन्। त्यहाँ सपोर्ट भिजन कम्पनी नै नभेटिएपछि आफूहरु समस्यामा परेको अलपत्र मध्येका एक दाङका अमर परियारले जानकारी दिए।

आसिन ओभरसिजलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ८० हजारसम्म बुझाएर मेन्टीनेन्स हेल्फर कामका लागि त्यहाँ पुगेका उनीहरु सम्झौता पत्रमा उल्लेख गरिए अनुसारको कम्पनी नभेटेपछि अलपत्र परेका हुन्।

‘हामीलाई सम्झौता पत्रमा फ्रि भिसा फ्रि टिकट भनिएता पनि म्यानपावरले यति ठूलो रकम असुलेको थियो। हामीले यहाँ आएपछि करार पत्रमा उल्लेख गरिएको सपोर्ट भिजन कम्पनी भेटेनौँ’, अमरले खबरहबसंग भने, ‘हामी २५ जना एउटै कोठामा बसेको पनि १२ दिन भयो।’

कम्पनी नभेटिएपछि आफूहरु दलालको फन्दामा परेको अर्का पीडित खिमबहादुर परियारले बताए। ‘हामीलाई राम्रो काम दिलाउने भनेर म्यानपावर कम्पनी तथा दलालले फसाए’, उनले भने, ‘हामी यहाँ आइपुगेपछि न त कम्पनी नै छ न त खाने बस्ने व्यवस्था । अहिले सबैको बिचल्ली भएको छ।’

उनले एजेन्ट फरार रहेको बताए। उनीहरुलाई त्यहाँ लाने एजेन्ट सम्पर्कबाहिर भएपछि समस्था थपिएको छ। ‘अहिले हामी बसिरहेको क्याम्प पनि कुनै एक सप्लाई कम्पनीको हो, निस्किएर जा भनेको छ, यहाँ पनि पिउने पानी छैन बाथरूमको पानी पिउनु परेको अवस्था छ’, उनले थपे, ‘अब हामी निस्किएर कहाँ जाने ?।’

आफूहरु भने अनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरुले घरबाट टिकट मगाएर भए पनि नेपाल फर्किने र म्यानपावर तथा एजेन्टसंग आफ्नो पैसा फिर्ता गरेर न्याय दिन विभिन्न संघसंस्थालाई अनुरोध गरेका छन्।

कोरोना महामारीका कारण एउटै कोठामा बस्दा केही साथी बिरामी परेको परियारले बताए। रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई तत्काल उद्धार गर्न उनीहरुले आग्रह गरेका छन्।

यस्तो छ सम्झौता पत्रः

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ९ : ३१ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत