जिप दुर्घटना हुँदा दुईको मृत्यु, चालक घाइते « Khabarhub

जिप दुर्घटना हुँदा दुईको मृत्यु, चालक घाइते


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आज बिहान आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ।

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : १४ बजे

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी– जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय

सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक

काठमाडौं– गर्मीलाई मध्यनजर गर्दै सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा

इयुको ‘मेड इन युरोप’ योजनामाथि चीनको कडा आपत्ति

बेइजिङ– युरोपेली सङ्घ (इयु) ले आफ्ना उद्योगलाई सुदृढ बनाउने उद्देश्यले

तरकारीले पाएन मूल्य, कृषक भन्छन्- मजदुरलाई दिने पैसा पनि उठेन

चितवन– जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान