पाकिस्तानमा इस्लामिक कट्टरपन्थीद्धारा हिन्दु मन्दिर तोडफोड « Khabarhub

पाकिस्तानमा इस्लामिक कट्टरपन्थीद्धारा हिन्दु मन्दिर तोडफोड


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्ध – इस्लामिक कट्टरपन्थीहरूले पाकिस्तानको सिन्ध प्रान्तको थारपार्कर जिल्लाको खत्री मोहल्लामा रहेको हिंगलाज माता मन्दिर तोडफोड गरेका छन्। पाकिस्तानमा हिन्दु मन्दिरहरूमाथि लगातार भइरहेको आक्रमणको पछिल्लो निशानामा हिंगलाज माताको मन्दिर परेको हो।

हिंगलाज माताको मन्दिरको निर्मा‍ण र सञ्चालन पाकिस्तानमा रहेका हिन्दु समुदायले आफ्नै आर्थिक सहयोगबाट गरिरहेका थिए । समाचार एजेन्सी एनआइका अनुसार पाकिस्तानमा विगत २२ महिनामा हिन्दु तीर्थस्थलमा लक्षित गरी भएको यो ११औँ आक्रमण हो ।

पाकिस्तान हिन्दु मन्दिर व्यवस्थापनका अध्यक्ष कृष्ण शर्माले घटनास्थलमै पुगेर सञ्चारमाध्यमसँग इस्लामवादी कट्टरपन्थीलाई नियन्त्रण गर्न पाकिस्तानी सर्वोच्च अदालत र सरकारसमेत मौन बस्ने गरेको बताए।

शर्माले इमरान खानको सरकारले नाम मात्रको अल्पसङ्ख्यकको धार्मिक स्थलहरूमा नाम मात्रको सुरक्षा दिइरहेको बताए । हिन्दुको पवित्र मन्दिरमाथि भएको तोडफोडको घटनालाई लिएर पाकिस्तानका हिन्दु समुदाय आक्रोशित भएका छन् ।

त्यस्तै स्थानीय हिन्दु नेताहरूले यस विषयमा विरोध र्‍याली समेत निकालेका छन्।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ४९ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि