खोटाङको जनसंख्या १.५६ प्रतिशतले घट्यो « Khabarhub

खोटाङको जनसंख्या १.५६ प्रतिशतले घट्यो


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ– १० वर्षअघिको तुलनामा खोटाङको जनसंख्या घटेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घटेको देखिएको हो ।

२०६८ सालको जनगणना अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा १ लाख ७५ हजार ३४० जनसंख्या देखिएको तथ्यांक विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

जनसंख्याको प्रारम्भिक नतिजामध्ये जिल्लामा पुरुष ८६ हजार ५२१ र महिला ८८ हजार ८१९ जना छन् । यस्तै, जनगणना घर संख्या ४० हजार ३९२ र परिवार संख्या २१ हजार १०४ रहेको विभागले जनाएको छ । जिल्लामा परिवारको औसत आकार ४.१६ र जनघनत्व ११० रहेको उल्लेख छ ।

कुन पालिकामा कति जनसंख्या ?

खोटाङका स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसंख्या साकेला गाउँपालिकामा देखिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार २९५, हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार २७४, खोटेहाङ गाउँपालिकामा १६ हजार ९५२, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १६ हजार ५४९, ऐसेलुखर्क गाउँपालिकामा १३ हजार ५८१ जनसंख्या रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

यस्तै, केपिलासगढी गाउँपालिमामा १३ हजार ३३९, जन्तेढुंगा गाउँपालिकामा १२ हजार ६६, बराहपोखरी गाउँपालिकामा ११ हजार ४१६, रावाबेँसी गाउँपालिकामा ११ हजार २१८ र साकेला गाउँपालिकामा ९ हजार ३०७ जनसंख्या रहेको विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।

१२ औं जनगणनाका क्रममा खोटाङमा गत ३० भदौदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरण र २५ कात्तिकदेखि ९ मंसिरसम्म मुख्य गणना गरिएको थियो । मुख्य गणनाका क्रममा जिल्लामा २९० गणक खटाइएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : २५ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति