सीटीईभीटी परीक्षा स्थगनविरुद्ध प्रदर्शन « Khabarhub

सीटीईभीटी परीक्षा स्थगनविरुद्ध प्रदर्शन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना संक्रमणको कारण देखाउँदै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले परीक्षाहरू स्थगन गरेपछि विरोध भएको छ ।

बिहीबार जनकपुरधाममा विद्यार्थीहरूले प्रदर्शन गर्नुका साथै रामानन्द चोकमा केहीबेर चक्काजाम गरेका हुन् । उनीहरूले सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको गुनासो गरेका छन् । विद्यार्थीहरूले तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने भन्दै नाराबाजी गरेका छन् ।

उनीहरूले समयमै परीक्षाका लागि विकल्पहरूसहित आफ्ना माग राखेका छन् । भौतिक उपस्थितिमा परीक्षा वा होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने विकल्पहरू दिएका छन् । उनीहरूले आफूहरूका माग तत्काल पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

सीटीईभीटीले कोरोनाको नयाँ भेरियन्टलाई मध्यनजर गरी माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगन गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ४ : ०२ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै