दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो « Khabarhub

दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ ।

डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ ।

विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने डीडीएमए स्रोतलाई उदृत गर्दै भारतका समाचार संस्थाहरूले समाचार लेखेका छन् । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, विवाह समारोहमा अब दुई सय जनासम्म सहभागी हुन सक्ने पनि निर्णय भएको छ । यसअघि डीडीएमएले विवाह समारोहमा जम्मा ५० जनामा मात्रै सहभागी हुन पाउने निर्णय गरेको थियो ।

दिल्लीमा कोभिड संक्रमणदर १० प्रतिशतभन्दा कममा झरेसँगै डीडीएमएले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ४ : २८ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको