विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर « Khabarhub

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङ्गु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् ।

हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दा हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आएका हुन् । विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत् प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा आफूहरू उज्यालोबाट बञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए ।

करिब ६० घरधुरी भएको उक्त गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका उनले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो थियो ।

पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत आफूहरूको मागको सुनुवाइ नगर्दा स्थानीयवासीले सल्लाको दियालो बाल्न बाध्य भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ५ : ४५ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै