भिजिट भिसामा अलपत्रको उद्धार प्रयासः श्रममन्त्री श्रेष्ठद्धारा ‘मार्सल टिम’ गठन « Khabarhub

भिजिट भिसामा अलपत्रको उद्धार प्रयासः श्रममन्त्री श्रेष्ठद्धारा ‘मार्सल टिम’ गठन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पार्ने दलालहरूमाथि कारवाही हुने बताएका छन् ।

बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका युवाहरूसँगको छलफलका क्रममा उनले त्यसरी अलपत्र पार्नेलाई कुनै हालतमा नछाड्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रह गर्दै भिजिट भिसामार्फत् दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित बनेकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन गरिएको जानकारी दिए ।

उनले आगामी आइतबारदेखि श्रम मन्त्रालयमा चौबिसै घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाई कक्ष स्थापना गर्न लागेको बताउँदै गुनासोका आधारमा समेत दलालहरूलाई कारवाही हुने बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ६ : ०५ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा