निजी क्षेत्रको लगानी भित्र्याउन मधेश सरकार प्रयासरतः मुख्यमन्त्री राउत « Khabarhub

निजी क्षेत्रको लगानी भित्र्याउन मधेश सरकार प्रयासरतः मुख्यमन्त्री राउत


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेकोे बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना प्रदेशको विकास सम्भव नरहेकाले लगानी भित्र्याउन प्रदेश सरकार प्रयासरत रहेको बताएका हुन् ।

प्रदेश सरकारले ल्याएको उद्योग ऐनले उद्योगी व्यवसायीलाई मधेशमा लगानी गर्न सहज हुने उनको दाबी छ । मुख्यमन्त्री राउतले एक साताभित्रै यसको नियमावली आउन लागेको जानकारीसमेत गराए ।

कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले निजी क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएका थिए । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवाल, निवर्तमान अध्यक्ष अरुण प्रधानसहितले उद्योगी व्यवसायीका विविध समस्याहरूबारे मुख्यमन्त्रीलाई अवगत् गराएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ६ : २२ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै