राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताएका छन् ।

राष्ट्रियसभाको निर्वाचन सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ।

भेटमा आसन्न स्थानीय तह निर्वाचनबारे पनि छलफल भएको छ । राष्ट्रपतिका सूचना विज्ञ टीका ढकालका अनुसार समयमै स्थानीय तह निर्वाचन हुनुपर्ने कुरामा राष्ट्रपतिले चासो राखेकी थिइन । उनले समयमै निर्वाचन गरेर अघि बढ्न पनि प्रधानमन्त्रीलाई सुझाएकी थिइन ।

भेटका क्रममा राष्ट्रपतिले दलहरुले नै बनाएको संविधानको पालना गरेर जाँदा राम्रो हुने पनि बताएकी थिइन्।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ७ : १० बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै