संक्रमित सबै घरमा, आइसोलेसन रित्तै « Khabarhub

संक्रमित सबै घरमा, आइसोलेसन रित्तै


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरानाका सक्रिय संक्रमितको संख्या ७४४ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका १२ ठाउँमा १७० बेड क्षमताको आइसोलेसन तयार छन् । तर, कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा पनि संस्थागत आइसोलेसन रित्तै छन् । आइसोलेसनमा बस्न संक्रमित चाहँदैनन् ।

संक्रमितलाई जटिल समस्या नदेखिएकाले आइसोलेसनमा बस्नेको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रामबहादुर नेपाली बताउँछन् । ‘यसअगाडिको लहरमा जस्तो जटिल समस्या देखिएको छैन । सामान्य अवस्था भएकाले पनि संक्रमित होम आइसोलेसनमै बस्न इच्छुक छन्’, नेपालीले भने ।

संक्रमितलाई टाउको दुख्ने, ज्वरो आउने, घाटी खसखस हुने, सुख्खा खोकी लाग्ने, रातको समयमा पसिना आउने, जिउ दुख्ने र स्वर दब्ने जस्ता लक्षण देखिएका उनले बताए । आइसोलेसनमा बस्नेको संख्या शून्य भए पनि सबै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ । उनले अगाडी थप्दै भने, ‘संक्रमण बढ्दै छ । आइसोलेसन आवश्यक हुन सक्छ । तसर्थ आइसोलेसनलाई तयारी अवस्थामा राख्न स्थानीय तह र अस्पताललाई निर्देशन दिएका छौं ।’

स्वास्थ्य सतर्कता अपनाएमा जटिल समस्या नभएकालाई संस्थागत आइसोलेसनको तुलनामा होम आइसोलेसन उपयुक्त हुने म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । उनी भन्छन्, ‘घरमा खानपिन र बसाइँको व्यवस्थापन राम्रो हुन्छ । परिवारको निगरानी पनि हुन्छ । तर, होमआइसोलेसनमा बस्नेले सतर्कता अपनाउनु पर्दछ ।’ होम आइसोलेसनमा बसेकाले लापरबाही गरेको खण्डमा टोल छिमेकमा संक्रमण फैलने जोखिम बढी हुने घिमिरेको भनाई छ ।

जिल्लाका १० स्थानीय तहले पहिलो लहरमै आइसोलेसन तयार पारेका थिए । स्थानीय तहको आइसोलेसन प्रयोगमा भने उतिसारो आउन सकेका छैनन् । पहिलो र दोस्रो लहरमा जिल्लाका अधिकांश संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा र दमौली अस्पतालको आइसोलेसनमा बसेर निको भएका थिए ।

हाल जिपीमा पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटरसहित ३० बेडको आइसोलेसन छ । यहाँ जिल्लाका स्थानीय तह मिलेर छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । यस्तै, दमौली अस्पतालले पनि सात बेड आइसियु र चार भेन्टिलेटर सहितको २५ बेड क्षमताको आइसोलेसन सञ्चालन गरेको छ ।

जिल्लामा वैशाखयता ६ हजार १३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पाँच हजार २६२ जना निको भएका छन् । वैशाखयता मात्र कोरोना संक्रमणका कारण १३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ७ : २६ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा