मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डोर्‍याउनुपर्छ : अध्यक्ष यादव « Khabarhub

मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डोर्‍याउनुपर्छ : अध्यक्ष यादव


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्लदोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अव आर्थिक सम्वृद्धिको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको लक्ष्मिनियामा बिहीबार सेन्ट्रल अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्त हुन अझै बाँकी रहे पनि विगतका आन्दोलनबाट प्राप्त संघीय व्यवस्थालाई मजबुत बनाई अब आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने बताए ।

आर्थिक बिना सम्वृद्धि प्राप्त नहुने बताउँदै अध्यक्ष यादवले भने, ‘सम्वृद्धिसँगै गरिबी, बेरोजगारी जस्ता समस्या समाधान हुन्छ । त्यसकारण अव आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने समय आएको छ  ।’ निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगले पनि मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा अगाडी बढाउन सकिने उनले बताए ।

विकासशील मुलुकलाई अगाडी बढाउन निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने गरेको पनि बताए । ‘नेपालमा भाषा, अनुहार, जातजाति, धर्म सांस्कृतिक, समुदाय, परम्पराका हिसाबले विभेद अझै जारी नै रहेको छ,’ उनले भने, ‘यी विभेदलाई चिर्दे अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।’ समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘समाज शिक्षित भएको खण्डमा गरिबी, बेरोजगारी जस्ता समस्या बिस्तारै बिस्तारै समाप्त हुँदै जान्छ र देश सम्वृद्धिको बाटोमा अगाडी बढ्छ ।’

सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले आफूहरूले सेन्ट्रल अस्पताललाई मुलुककै नमुना अस्पतालको रूपमा विकास गर्ने योजना बनाएको बताए । अस्पताल सञ्चालन गर्ने आफ्नो पुरानो सपना रहेको बताउँदै झाले अहिले सरकारबाट सय शय्याको अनुमति पाए पनि थप एक सय शय्याको लागि फाइल अगाडी बढाई सकेको बताए ।

अस्पतालमा एनआइसीसु, आइसीयु, ओपिडी, क्यान्सर सम्बन्धी रोगको उपचार, ल्यसपोकोपि तथा अन्य रोगको सहुलियत मूल्यमा उपचार गरिने उनले बताए ।

यसैबीच, कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनले जसपाको सिद्धान्त र उपेन्द्र यादवको विचारबाट प्रभावित भएर आफू जसपामा प्रवेश गरेको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव, जसपाका केन्द्रीय सदस्य महाजन यादव, प्रदेश सांसद चमेलीदेवी दास, लक्ष्मिनिया गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : १५ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै