बागलुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण « Khabarhub

बागलुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ ।

आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।

नगरपालिकाको १२ लाख २० हजार रुपैयाँ र धवलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी १४ लाख २० हजार रुपैयाँमा कर छुट गरी शववाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताल हस्तान्तरण गरेको छ ।

शववाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुने धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए । ‘नगरपालिका र अस्पतालबीच शववाहन सञ्चालन कार्यविधि बनाएर शववाहन सञ्चालनमा ल्याइने छ’, उनले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ५९ बजे

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि