अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश « Khabarhub

अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सन्धिखर्क नगरपालिका-८ किमडाँडामा जारी वडाअध्यक्ष स्मृतिकप भलिबल प्रतियोगितामा अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको बि टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्रगतिशील धारापानीलाई दुई एकले पराजित गर्दै अर्घाखाँची बुलेटिन फाइनल प्रवेश गरेको हो ।

यसअघि भएको पहिलो खेलमा असुरकोटले आयोजक विलाई सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा ढाकावाङ्ग भलिबल क्लबलाई पराजित गर्दै प्रहरी ए सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा आजको पहिलो खेल प्रहरी ए र असुरकोटबीच सम्पन्न हुनेछ । सोही खेलमा विजेता बन्ने टोली उपाधिका लागि अर्घाखाँची बुलेटिनसँग प्रतिस्पर्धा गर्नेछ ।

काेभिड संक्रमणका कारण ज्यान गुमाएका वडाध्यक्ष ईश्वरिप्रसाद भुसालको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार प्राप्त गर्नेछन् ।

वडा नं ८ को आयोजनामा जारी प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : १९ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय