रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति   | Khabarhub Khabarhub

रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति  


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको राजधानी किभ सहरलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि युक्रेनी सरकारले आत्मसमर्पण गरेको छैन।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकार कत्ति पनि नडगमगाएको भन्दै युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तर पूर्वी सहर खार्किभमा लडिरहेको बताएका छन् ।

‘अतिक्रमणकारीहरुले  हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ उनले भनेका छन्, ‘हामीले उनीहरूको योजना तोड्यौँ ।’ रूसी सेनाले किभलाई घेरा हालेपछि सरकारले त्यहाँका स्थानीयलाई घरभित्रै बस्न भनेको छ ।

रुसी हमलामा अहिलेसम्म २४० सर्वसाधारणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । युक्रेनले सर्वसाधारणसहित आफ्ना १३७ नागरिकको मृत्यु भएको पुष्टि गरेकाे छ । रुसी सेनातर्फ भएको हताहतबारे मस्कोले अहिलेसम्म केही उल्लेख गरेको छैन।

रुसी क्षेप्यास्त्रले राजधानीबाट केही किलोमिटर टाढा रहेको सहरको एउटा तेल डिपोमा हमला गरेको छ। अहिले डिपोबाट निस्किएको विषाक्त धुवाँबाट वरपरको वातावरण प्रदूषित भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

रुसी हमलापछि राजधानीका मानिसहरू रातभर अन्डरग्राउन्ड आश्रयमा बसेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ३२ बजे

विश्वभर असर गरेको भूकम्पबाट रूसमा एक जनाको पनि गएन ज्यान

काठमाडौं- रूसको कामचटका प्रायद्वीपमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभर

मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेसँगै सार्वजनिक

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२

भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

राजविराज- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक