यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. कँडेललाई « Khabarhub

यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. कँडेललाई


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कँडेललाई प्रदान गर्ने भएको छ। २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा आज मन्त्रालयले डा. कँडेललाई पुरस्कृत गर्न लागेको हो।

डा. कँडेल हाल बेनी अस्पतालमा कार्यरत छन्। मन्त्रालयमा आयोजन हुने दिवसको विशेष कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडाले उनलाई पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको छ। पुरस्कारको एक लाख रुपैयाँ राशीको रहेको छ।

डा कँडेलले मुगुमा रहेर उत्कृष्ट काम गरेको भन्दै यसअघि स्वास्थ्यखबर हेल्थ अवार्ड समेत पाएका थिए।

यस्तै, ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेललाई प्रदान गरिने भएको छ।

यस्तै, दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइने बताइएको छ। सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ रहेका छन्।

यसैगरी डा. शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङ रहेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : ४० बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए