बारको चुनावमा नेपाल कानुन व्यवसायी संस्थाले सहभागिता जनाउने « Khabarhub

बारको चुनावमा नेपाल कानुन व्यवसायी संस्थाले सहभागिता जनाउने


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको आगामी चैत्र २३ गते हुने निर्वाचनमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने भएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाल बारलाई स्वच्छ, निष्पक्ष र सक्षम न्याय प्रणालीको मान्यतामा कृयाशील रहन सक्ने नेतृत्व दिने जानकारी दिएको हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईले जनतामा निहित रहने मान्यता, सदाचार सुशासन जस्ता विषयलाई सशक्त बनाउने, सशक्त ढंगले स्थापित गर्ने गराउने विधिको शासनको मान्यतालाई जीवन्त राख्न आफूहरू लागिपर्ने बताए ।

उनले जनताले न्याय पाउन नसकेको भन्दै न्यायाधीशहरू नै असफलताको बाटोमा बढेको टिप्पणी गरे ।

वर्तमान सरकार २०७८ सालको असारमा सर्वोच्चको परमादेशले बनेको भन्दै प्रधानन्यायाधीशले भाग खोज्दा महाभियोग लगाइएको उनको भनाइ छ ।

संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता राजु बस्नेतले न्यायपालिका, कार्यपालिकाहरू नै राजनीतिक भागवण्डामा लिप्त रहेको आरोप लगाए । त्यस्तै अधिवक्ता ठाकुरप्रसाद आचार्यले नेपाल बारको आसन्न चुनावलाई लिएर आजको कार्यक्रमको गरिएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ५८ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा