इण्डोनेशियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो « Khabarhub

इण्डोनेशियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा बढी घाइते भएका छन् । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पु-याएको छ । त्यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारी अनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको र यसबाट ठूलो भौतिक सम्पत्तिमा क्षति पुगेको बताएको छ ।

आठ हजार जनाभन्दा बढी नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ५० ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ । उद्धारकर्मीहरु भूकम्पको भग्नावशेषमा मानिसहरु पुरिएको आशंकामा उद्धारका लागि खटिरहेका छन् ।

क्षतिको पूर्ण विवरण आइपुगेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ४० बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले