चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वसँग भेटवार्ता « Khabarhub

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वसँग भेटवार्ता


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल भएको थियो । उनी शनिबार बिहानै शिवपुरी हाइकिङ गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसँगको शनिबारको भेटमा ९ वटा समझदारीमा हस्ताक्षर भएको छ ।

शनिबार नै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणासँगै साँचो हस्तान्तरणसमेत भएको छ । शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोजमा विदेशमन्त्री वाङ सहभागी भए ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति भण्डारीसँग बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्दै गर्दैछन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ताको कार्यक्रम तय भएको छ । बिहान ११ बजेपछि ओलीसँग भेट हुनेछ भने पौने १२ बजेपछि प्रचण्डसँग भेटवार्ता हुनेछ ।

शुक्रबार नेपाल आएका वाङ चिनियाँ विशेष विमानबाट आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : ५१ बजे

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच