अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : जर्मनी र स्पेन विजयी « Khabarhub

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : जर्मनी र स्पेन विजयी


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन्।

जर्मनीले इजरायललाई २-० अन्तरले हरायो। जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे।

२६ ‌औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए।खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन्।

अर्को खेलमा स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो। स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे। अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए।

७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए। खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जीत दिलाए।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ४० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा