युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीे यादवको आग्रह « Khabarhub

युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीे यादवको आग्रह


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी राज्यमन्त्री बोधमाया कुमारी यादवले नेपाली शिक्षित जनशक्ति विदेशिने क्रम बढेको तथा स्वदेश फर्किने क्रम न्यून रहेकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘विदेश जानेको संख्या बढ्दो छ । तर , हामीले उहाँहरुलाई स्वदेश फर्काउन सकिरहेका छैनौँ’ राज्यमन्त्री यादवले भनिन् । उनले नयाँवानेश्वरस्थित एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेसको उद्घाटन गर्दै स्वदेशमा दक्ष जनशक्ति फिर्ता ल्याउन जुट्नु पर्ने बताइन् ।

‘विदेशमा अध्ययन गर्न जानु राम्रो हो । हामी त्यहाँ लिने शिक्षा र सिक्ने सीपलाई स्वदेशमा उपयोग गर्न सके मात्र यहाँ विकासको नयाँ सम्भावना देखिन्छन्’ राज्यमन्त्री यादवले भनिन् । उनले पछिल्लो समय सरकारले हरेक नगरपालिकामा रहेका दुई शैक्षिक संस्थामा प्राविधिक शिक्षाको व्यवस्था गरेको जनाउँदै केहि नगरपालिकामा पढाउने शिक्षक समेत नपाएको बताइन्।

‘विदेश पढ्न जाँदा धेरै ध्यान पुर्‍याएर जानुपर्छ । विदेश पुगेर ठगिएका विद्यार्थीहरुको गुनासो आउने गरेका छन् । यहाँ (एस पिपुल एजुकेसन) बाट जानेलाई राम्रो गाइड गर्नु होला । शिक्षित भएपछि नेपाल फर्किन प्रेरित गर्नु होला’ राज्यमन्त्री यादवले भनिन् । एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेसका सीईओ रोशन भट्टराईले विद्यार्थीलाई सही सुझाव दिने बताए ।

‘हामीले सिड्नीमा सेवा दिइरहेका छौँ । अब नेपालबाट पनि गाइड गर्ने छौँ। हाम्रो दायित्व विद्यार्थीलाई त्यहाँ पठाएर मात्र सकिंदैन। सिड्नीमा विद्यार्थीलाई चाहिँदा हामी सेवामा हाजिर हुन्छौँ’ सीईओ भट्टराईले भने । उनले आफूहरुले उच्च शिक्षाका लागि अष्ट्रेलिया मात्र पठाउने गरेको बताए । नेपाल शाखा सुभारम्भ समारोहमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल , गायक उदेश श्रेष्ठ , रंग पत्रकार राजन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : ०८ बजे

गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ