अवैध ग्राभेल उत्खनन गर्ने पाँच टिपर र एक स्काभेटर प्रहरी नियन्त्रणमा « Khabarhub

अवैध ग्राभेल उत्खनन गर्ने पाँच टिपर र एक स्काभेटर प्रहरी नियन्त्रणमा


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- अवैध रुपमा ग्राभेल उत्खनन गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले सिरहाकाे गोलबजार-१ मुक्सारबाट नियन्त्रणमा लिएको छ । स्थानीयले दिएकाे सूचनाकाे आधारमा प्रहरीले ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिबार राति नियन्त्रणमा लिएको हो ।

टिपर र स्काभेटर नियन्त्रणमा लिए पनि साँचो लिएर ड्राइभरहरू फरार भएकाले चार वटा टिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खनन स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । उत्खनन गरिरहेको अवस्थामा प्रहरी गएपछि सबै गाडीका चालक भागेका थिए ।

प्रत्येक वर्ष विकास निर्माण सुरु भएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन हुने गरेकाे छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भए पनि उनीहरूको मौनताले मिलेमताेकाे आशंका स्थानीयले गरेका छन् ।

गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले कुनै पनि खानी नगरमा दर्ता नभएको जानकारी दिएका छन् । सहनीले प्रहरीले टिपर नियन्त्रण लिएको विषयमा पनि जानकारी नभएको जनाए । उनले भने, ‘हाम्रोमा अहिलेसम्म जानकारी आएको छैन, प्रहरीले प्रक्रिया पुर्‍याएर जिम्मा लाउँछ होला ।’

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : २१ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’