१६ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने « Khabarhub

१६ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १६ औँ धर्मश्री तथा प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने भएको छ ।

नेपाल ब्यायम मन्दिरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाख २३ र २४ गते आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिताको ‘प्रि–जजिङ राउण्ड’ बैशाख २३ मा हुनेछ । फाइनल चरण बैशाख २४ मा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न सात तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा ५५, ६०, ६५,७०,७५,८० र ८० भन्दा माथिका तौल समूह हुनेछ ।

धर्मश्री विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रोले दुई लाख पुरस्कार पाउँदा चौथोले १ लाख ५० हजार, पाँचौले १ लाख, छैटौंले ९० हाजार र तासौं हुनेले ८० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेताले ४० हजार र तेस्रो हुनेले २५ हजार पाउने छ । त्यस्तै प्रथम महिला फिजिक्सतर्फको विजेताले दुई लाख, उप विजेताले एक लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने व्यायम मन्दिरले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ०९ बजे

गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ