‘युक्रेनबाट पछि हटेमा रुसमाथिका प्रतिबन्ध फुकुवा हुनसक्छ’ – बेलायती विदेशमन्त्री « Khabarhub

‘युक्रेनबाट पछि हटेमा रुसमाथिका प्रतिबन्ध फुकुवा हुनसक्छ’ – बेलायती विदेशमन्त्री


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेन आक्रमणबाट पछि हटेको खण्डमा रुसमाथि लगाइएका प्रतिबन्धहरू समेत हटाउन सकिने बेलायती विदेशमन्त्री लिज ट्रसले जनाएकी छिन् ।

बेलायतबाट प्रकाशित हुने टेलिग्राफ अखबारले जनाएअनुसार युक्रेनबाट पछि हटेको र आइन्दा आक्रमण नगर्ने प्रतिबद्धता जनाएको खण्डमा रुसी धनाढ्य र कम्पनीविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा गर्न सकिने ट्रसको भनाइ छ ।

‘हामीलाई के थाहा छ भने रुसले धेरै सम्झौता गरेपनि पालना गर्दैन । त्यसैले कठोर व्यवस्था हुनुपर्छ । अवश्य पनि यस्ता प्रतिबन्धहरू कठोर व्यवस्था हो ।’ टेलिग्राफलाई दिएको अन्तरवार्तामा उनले भनिन् ।

‘यस्ता प्रतिबन्धहरु पूर्ण युद्धविराम र सेनाफिर्तीपछि मात्रै फुकुवा हुनेछन् तर यसका लागि भविष्यमा आक्रामकतालाई पनि त्याग्नुपर्ने हुन्छ । अनि भविष्यमा आक्रामक भएको खण्डमा फेरि प्रतिबन्ध लगाउने अवस्था पनि आउनसक्छ ।’ उनले थपिन् ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले हालसम्म विभिन्न रुसी बैंक एवम् वित्तीय संस्थामाथि ५ खर्ब पाउण्ड बराबरको प्रतिबन्ध लगाएको छ भने रुसी धनाढ्यहरुमाथि १ खर्ब ५० अर्ब पाउण्ड भन्दा धेरैको प्रतिबन्ध लगाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि बेलायतसँगै, युरोपेली युनियन, अमेरिका, जापान, क्यानाडा लगायतका आर्थिक महाशक्तिले रुसी कम्पनी एवम् धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : २० बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको