निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता « Khabarhub

निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । ३० वैशाखमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी दर्ता भएका हुन् ।

नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए ।

निर्वाचन आयोगले आफ्नै निर्वाचन चिह्न लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्ला स्तरको संगठनात्मक संरचना (जिल्ला समिति) बारे विवरण प्राप्त भएको जनाएकाे छ ।

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी राईले बताए ।

निर्वाचनमा उठ्ने उम्मेद्‌वारलाई सोही दलको निर्वाचन चिह्न दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र पेस गर्न भनिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : १४ बजे

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी

मधेस प्रदेशसभा : प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका