रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ « Khabarhub

रुसमा विलय हुने विषयमा जनमत संग्रह गर्ने युक्रेनी पृथकतावादी नेताको भनाइ


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका पृथकतावादी नेताले रुसमा विलय हुने विषयमा मतदान गर्न चाहेको बताएका छन् ।

स्वघोषित लुहान्स्क जनगणतन्त्रका प्रमुख लियोनिड पेश्चेनिकले रुसमा विलय हुने विषयमा निकट भविष्यमा नै जनमत संग्रह आयोजना गर्न सकिने बताएको समाचार संस्था एपीले जनाएको छ ।

एपीका अनुसार मतदाताहरूलाई रुसको हिस्सा हुने वा नहुने विषयमा जनमत संग्रह गरिने उनको भनाइ छ ।

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेपछि पनि जनमत संग्रहको आयोजना गरेको थियो । उक्त जनमत संग्रहमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको नतिजा आएको दाबी गर्दै रुसले क्राइमियालाई आफूमा गाभेको थियो । यद्यपि विदेशी पर्यवेक्षकले भने जनमत संग्रह अत्यन्त धाँधलीपूर्ण रहेको बताएका थिए ।

सन् २०१४ मा युक्रेनमा तत्कालीन रुस समर्थित राष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गर्नेगरी भएको आन्दोलनपश्चात युक्रेनको रुसी भाषीको बहुलता रहेको पूर्वी क्षेत्रमा लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र गरी दुई स्वघोषित ‘राज्य’ स्थापित छन् । रुसले दुबै ‘राज्य’ हरुलाई समर्थन गर्दै आएको छ ।

रुसले यी दुबैलाई गत २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुपूर्व २१ फेब्रुअरीमा स्वतन्त्र राज्यको मान्यता दिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ४५ बजे

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २