कञ्चनजङ्घाको आधार शिविरमा पुगे ४७ आरोही « Khabarhub

कञ्चनजङ्घाको आधार शिविरमा पुगे ४७ आरोही


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन् ।

दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिए। आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत पुगेको उनले बताए ।

केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् । यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँचचौकीका पर्यटन सहायक सूर्यमान राईले बताए । कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । आधार शिविर आउने क्रम जारी रहेको छ । समिरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजङ्घा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन व्यवसायी उत्साही
लामो समय पर्यटन आगमन सुनसान भएपछि व्यवसायी निरास बनेका थिए । कञ्चनजङ्घा आउने पर्यटकलाई लक्ष्य गरेर ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो । कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प थियो । अहिले होटल तथा पर्यटक व्यवसायी हिमाल आरोहीको आगमनसँगै उत्साहित बनेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक राईले बताए ।

फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी पेमा शेर्पा कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको बताउँछन् । ‘विगत वर्षमा दुईचार जनाबाहेक आरोहण गर्न आउँदैनथे । यसवर्ष उल्लेख्य सङ्ख्यामा आरोही हिमाल आरोहण गर्न आएका छन्,’ उनले भने ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २८ बजे

ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेशनल गार्ड

जनकपुरविरुद्ध पोखराका सुमीतको अर्धशतक

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १४

पहिलो जित निकाल्न पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स ईन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड

काठमाडौं– एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लिडरसिप कन्क्लेभ नेपाल

वैकल्पिक शक्ति एकैठाउँ नआए पुराना दलभन्दा बेकामे हुन्छन् : समीक्षा बास्कोटा (अन्तर्वार्ता)

काठमाडौं- उज्ज्वल थापाले सुरू गरेको वैकल्पिक धारको विवेकशील साझा पार्टी