ईयूले यसकारण गर्‍यो कतारको प्रशंसा « Khabarhub

ईयूले यसकारण गर्‍यो कतारको प्रशंसा



दोहा – रोजगारदाताको सहमति बिना कामदारलाई काम परिवर्तन गर्न दिएको भन्दै युरोपेली संघ (ईयू) ले कतारको प्रशंसा गरेको छ ।

युरोपेली संघद्वारा सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार रोजगारदाताको सहमति बिना कामदारलाई काम परिवर्तन गर्न दिने कतार पहिलो देश हो ।

ईयूको वार्षिक प्रतिवेदन ‘विश्व २०२१ मा मानव अधिकार र प्रजातन्त्र’ ले कतारमा श्रम कानुन सुधार (प्रायोजन प्रणालीको उन्मूलन र न्यूनतम पारिश्रमिक कार्यान्वयन) भएको भन्दै ती कदम सकारात्मक भएको उल्लेख गरेको छ ।

‘यी नयाँ सुधारहरूले कतारलाई यस क्षेत्रको पहिलो देश बनायो जसले सबै कामदारहरूलाई रोजगारदाताको सहमति बिना आफ्नो सम्झौता समाप्त हुनु अघि काम परिवर्तन गर्न अनुमति दिन्छ,’ ईयूको रिपोर्टमा भनिएको छ ।

प्रतिवेदनले राष्ट्रिय मानवअधिकार समितिको सम्बन्ध र युरोपेली संसदका संस्थाहरूसँगको नियमित अन्तरक्रिया र कतारले युरोपेली संघ एजेन्सीलाई देश भ्रमणको निमन्त्रणाको कदर गरेको जनाएको छ । ईयू प्रतिवेदनले गत वर्ष सबै कामदारहरूको लागि नयाँ न्यूनतम ज्यालाको कार्यान्वयनलाई विश्लेषण गरेको छ।

ईयूको रिपोर्ट अनुसार, कतार आप्रवासी कामदारहरूको लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्ने खाडी क्षेत्रको दोस्रो देश हो, जसले यी परिवर्तनहरू घरेलु कामदारहरू जस्ता श्रम कानुनको अधीनमा नभएका कामदारहरूमा पनि लागू हुने संकेत गर्दछ।

कतार सरकारले घरेलु कामदार लगायत देशका सबै क्षेत्रमा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक आधारभूत रूपमा प्रतिमहिना एक हजार कतारी रियाल, आवासका लागि मासिक ५०० र खानाका लागि ३०० रियाल रोजगारदाताले दिनुपर्ने व्यवस्था छ ।

कतारले श्रमिक अधिकार सम्बन्धी सुधारका सम्बन्धमा अपनाएका उपायहरू आफ्ना अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय प्रतिबद्धताहरू अनुरूप यी अधिकारहरूको संरक्षण गर्न र श्रमिकहरूको जीवनस्तर सुधार गर्ने सन्दर्भमा दृढताका साथ अघि बढिरहेको वास्तविक सङ्केत हो।

खाडी देशमा कामदारहरू यी सुधारहरूले आधारभूत मानवअधिकार सिद्धान्तहरूलाई सुदृढ बनाउँछ र श्रमिकहरूको अधिकारको उल्लङ्घनलाई कम गर्न सहयोग पुग्ने प्रतिवेदनमा जनाइएको छ ।

यसअघि कतारले आप्रवासी श्रमिकमाथि न्यून पारिश्रमिक दिएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले आलोचना गर्दै आइरहेका थिए। कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनीरुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् । यी मध्य ठूलो संख्यामा नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ३४ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन