मोबाइल, मोटरसाइकल र मदिरालगायत १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूचीसहित) « Khabarhub

मोबाइल, मोटरसाइकल र मदिरालगायत १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूचीसहित)


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

मन्त्रालयका अनुसार रोक लगाइएका सामानहरुमा मोबाइल सेटदेखि जिप, कार र भ्यानहरु र २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकलसमेत छन् ।

त्यस्तै ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन,सबै प्रकारका खेलौनाहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, कुरकुरे, कुरमुरे, लेज र खेल्ने तास आयातमा रोक लगाइएको छ।

तर एम्बुलेन्स र शववाहन प्रयोजनका लागि गाडी ल्याउन प्रतिबन्धन लागू नहुने मन्त्रालयले जनाएको छ । यस्तै हिराको औद्योगिक कच्चा पदार्थ ल्याउन भने छुट दिइएको छ ।

सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ ।

हेर्नुहोस् आयातमा रोक लगाइएका सामान के-के हुन् ?

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ३४ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित