पाल्पामा एक हजारभन्दा बढीको उम्मेदवारी दर्ता « Khabarhub

पाल्पामा एक हजारभन्दा बढीको उम्मेदवारी दर्ता


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – आसन्न स्थानीय तह निर्वाचनका लागि पाल्पामा एक हजार १३३ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडामा ४२५ पदका लागि उम्मेदवारी परेको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कल्पना पौडेलका अनुसार पालिका प्रमुख-अध्यक्षमा ५१, उपप्रमुख-उपाध्यक्षमा ३८, वडाध्यक्षमा २४४, महिला सदस्यमा १९७, दलित महिला सदस्यमा १८१ र खुला सदस्यमा ४२२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।

नेकपा (एमाले)बाट उम्मेदवारी दिएका तीन वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिका–२ जल्पामा महिला सदस्य उम्मेदवार भिमीसरा आले, वडा नं ५ वीरकोटकी दलित महिला सदस्य उम्मेदवार पार्वती हिताङ्ग सार्की र निस्दी गाउँपालिका–६ अर्चलेका दलित महिला सदस्य उम्मेदवार लालीमाया विक निर्विरोध चुनिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको