राष्ट्रसंघका महासचिवद्वारा पुटिनसँग भेटवार्ता « Khabarhub

राष्ट्रसंघका महासचिवद्वारा पुटिनसँग भेटवार्ता


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिवले युक्रेनमा जारी मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका छन् । रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले रुसी आक्रमणका कारण युक्रेनमा उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् ।

टर्कीको भ्रमण सकेर उनी मंगलबार रुस पुगेका हुन् । रुसमा रहँदा महासचिव गुटेरेजले विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग पनि भेटवार्ता गरेका थिए ।

राष्ट्रपति पुटिनसँगको भेटवार्ताका क्रममा गुटेरेजले रुसी आक्रमणले युक्रेनको भौगोलिक अखण्डता एवम् सार्वभौमिकताको उल्लंघन भएको बताएका थिए ।

साथै उनले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा फसिरहेका मानिसहरुको उद्धारका लागि पनि पुटिनसमक्ष आग्रह गरेका थिए ।

जवाफमा राष्ट्रपति पुटिनले रुसी सेनाले सो क्षेत्रमा मानवीय करिडोरको प्रस्ताव गरेको बताउँदै उल्टै युक्रेनी फौजले सर्वसाधारणलाई मानव ढालको रुपमा प्रयोग गरेको आरोप लगाए ।

यद्यपि त्यहाँबाट संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस समितिको रोहबरमा एजोभस्तल क्षेत्रबाट उद्धार कार्य गर्न दिन पुटिनले ‘सैद्धान्तिक’ सहमति जनाएको जर्मन टेलिभिजन च्यानल डीडब्लूले जनाएको छ ।

भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्वको समाधान वार्ताको माध्यमबाटै हुने अझै आशा रहेको बताएका थिए ।

‘सैनिक कारवाही जारी रहेको वास्तविकताका बावजुद हामी कूटनीतिक माध्यमबाट सहमतिमा पुग्छौँ भन्ने हाम्रो अपेक्षा छ ।’ पुटिनलाई उद्धृत गर्दै रेडियो फ्रि युरोपले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ४८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा