भारतीय सेनाले एके ४७ राइफलमा थप उपकरण जडान गर्ने « Khabarhub

भारतीय सेनाले एके ४७ राइफलमा थप उपकरण जडान गर्ने


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आफ्ना सैनिकलाई उपलब्ध गराइएको एके ४७ राइफलको स्तरोन्नति गर्ने भएको छ । राइफलमा थप अत्याधुनिक उपकरण जडान गरी एके ४७ को स्तरोन्नति गरिएको हो ।

भारतको बैङग्लोरमा रहेको एसएसएस डिफेन्स नामक कम्पनीले एके ४७ राइफलका लागि नयाँ अझ बलियो स्टक र धुलो छेक्ने उपकरण भारतीय सेनालाई उपलब्ध गराएको हो ।

यसबाट भारतीय सैनिकले यस राइफलमा निशाना लगाउन सहयोग गर्ने उपकरण जडान गर्न मिल्ने भारतको अनलाइन अखबार द प्रिन्टले जनाएको छ ।

त्यस्तै, राइफलको अग्रभागमा पनि बाइपड राख्न मिल्नेगरी स्तरोन्नति गरिएको द प्रिन्टले जनाएको छ । यसबाहेक गोली चलाउने बेला हातलाई जोगाउने उपकरण पनि भारतीय एके ४७ मा थप गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : ४३ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको