भारतीय सेनाले एके ४७ राइफलमा थप उपकरण जडान गर्ने « Khabarhub

भारतीय सेनाले एके ४७ राइफलमा थप उपकरण जडान गर्ने


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आफ्ना सैनिकलाई उपलब्ध गराइएको एके ४७ राइफलको स्तरोन्नति गर्ने भएको छ । राइफलमा थप अत्याधुनिक उपकरण जडान गरी एके ४७ को स्तरोन्नति गरिएको हो ।

भारतको बैङग्लोरमा रहेको एसएसएस डिफेन्स नामक कम्पनीले एके ४७ राइफलका लागि नयाँ अझ बलियो स्टक र धुलो छेक्ने उपकरण भारतीय सेनालाई उपलब्ध गराएको हो ।

यसबाट भारतीय सैनिकले यस राइफलमा निशाना लगाउन सहयोग गर्ने उपकरण जडान गर्न मिल्ने भारतको अनलाइन अखबार द प्रिन्टले जनाएको छ ।

त्यस्तै, राइफलको अग्रभागमा पनि बाइपड राख्न मिल्नेगरी स्तरोन्नति गरिएको द प्रिन्टले जनाएको छ । यसबाहेक गोली चलाउने बेला हातलाई जोगाउने उपकरण पनि भारतीय एके ४७ मा थप गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको