सेभ द चिल्ड्रेन भन्छ– ‘अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खानै पाउँदैनन्’ « Khabarhub

सेभ द चिल्ड्रेन भन्छ– ‘अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खानै पाउँदैनन्’


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानका दुई तिहाइ बालबालिकाले पर्याप्त खाना नपाउने तथ्यांक सार्वजनिक भएको छ ।

बेलायतमा आधारित बालअधिकारवादी संस्था सेभ द चिल्ड्रेनले अफगानिस्तानमा १ करोड २० लाख अर्थात् कूल बालबालिकामध्ये दुई तिहाइले पर्याप्त खाना नपाउने गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

तीमध्ये ५० लाख बालबालिका भोकमरीको जोखिममा रहेको पनि उक्त संस्थाले जनाएको छ ।

‘मानवीय सहयोगले केही अत्यावश्यक वस्तुको आपूर्ति त होला तर यसले पूरै अर्थतन्त्रलाई जोगाउन सक्दैन ।’ सेभ द चिल्ड्रेनका अफगानिस्तान निर्देशक क्रिस न्यामन्डीले भने, ‘जबसम्म हामीले आर्थिक संकटको सम्बोधन गर्दैनौँ, तबसम्म बच्चालाई बेचिदिने, बालश्रम गराउने जस्ता घटना बढिरहन्छन् ।’

यता केही बालअधिकार अभियन्ताहरुले भने अफगानिस्तानमा अन्तर्राष्ट्रिय निकायहरुले बाल सुरक्षाका लागि पर्याप्त ध्यान दिनुपर्ने बताएका छन् ।

अफगानिस्तानको समाचार च्यानल टोलोसँग कुराकानी गर्दै महिला तथा बालअधिकार अभियन्ता जरका यफ्तालीले भनिन्– ‘आर्थिक अवस्थामा सुधार नहुने हो भने यस्ता संकटले अफगानिस्तानका बालबालिकामा अल्पकालीन र दीर्घकालीन रुपमा नकारात्मक असर पर्नेछ ।’

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ४९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का