दोर्दी कोरिडोरमा विद्युत् खेर जान नदिन प्राधिकरणको पहल « Khabarhub

दोर्दी कोरिडोरमा विद्युत् खेर जान नदिन प्राधिकरणको पहल


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । 

प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको कामलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले केही दिन अगाडि लमजुङको दोर्दी कोरिडोर र मर्स्याङ्दी कोरिडोरमा निर्माणको अन्तिम चरणमा रहेको र निर्माण सम्पन्न गरेको आयोजनाको निरीक्षण गरेका थिए । 

प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत आयोजना र ती आयोजनाको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको थियो ।

टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहेको दोर्दी कोरिडोर १३२ केभी प्रसारण लाइन, ३० मेगावाटको न्यादी जलविद्युत आयोजना, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजनाहरूको भ्रमण निरीक्षण गरी घिसिङले प्रसारण लाइन अभावमा विद्युत् खेर नजाने भन्दै निर्माण सम्पन्न भएपछि उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइनको काम तीव्र रूपमा गर्न पहल गर्ने बताए । 

प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी कोरिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो । तर २०७८ असार १ मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये चार वटालाई बगाएको थियो । 

बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनामा पनि ठूलो क्षति पराएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनको चार वटा टावर र जलविद्युत आयोजनाको पुनर्निर्माण भइरहेको छ ।

चार टावरमध्ये दुई वटाको जग हालिएको, एक वटा खडा गरिएको छ भने दुई वटाको जग हाल्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्था अन्तर्गत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत गृहको स्वीचयार्डमा जोडिने छ । 

यसका लागि उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाख भित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीजयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ ।

उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी–१ आयोजनाको विद्युत् पनि मध्यमर्स्याङ्दीको स्वीचयार्डमै जोडिनेछ ।  

बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावरले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : २२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग