परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह « Khabarhub

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।

    मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गरेका हुन्। 

    उनले परीक्षामा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी दिएका छन्।  

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ३८ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा