सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित  « Khabarhub

सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – सिम्रौनगढ नगर कार्यपालिकाका लागि हुने भनिएको निर्वाचन प्रक्रिया अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय सिम्रौनगढले सूचना जारी गर्दै कार्यपालिका सदस्यको लागि दलित, अल्पसंख्यक र महिला समुदायबाट चयन गरिने सदस्यको निर्वाचन स्थगित गरेको हो ।

नगर कार्यपालिका सदस्य चयनका लागि बिहीबार २ बजेका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर  कांग्रेसबाट निर्वाचित वडाध्यक्ष दिनदयाल मुखिया लगायत  ३६ जनाले पद तथा गोपनीयताको शपथग्रहण, पत्र प्रमाणित तथा कार्यपालिका सदस्य निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका स्थगित गरेको हो ।

कांग्रेसबाट नगरमा निर्वाचित सदस्यले कार्यपालिका सदस्यको निर्वाचन रोक्न माग गर्दै सिम्रौनगढ नगरपालिका कार्यालयअगाडि बिहीबार दिउसो नारा, जुलुस र होहल्लासमेत गरेका थिए ।

११ वटा वडा रहेको सिम्रौनगढमा कांग्रेसबाट ८ वडा अध्यक्ष, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : २५ बजे

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली