प्रेस युनियनको समानान्तर भेला, महाधिवेशनको अलग्गै मिति तोक्ने « Khabarhub

प्रेस युनियनको समानान्तर भेला, महाधिवेशनको अलग्गै मिति तोक्ने


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पटक पटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानान्तर भेला सुरु गरेका छन् ।

पूर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिना पछि अर्थात् १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्त भित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिएका छन् । ‘विगत ८ वर्ष देखी युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उद्घाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ १३–१४ पुर्‍याइएको छ,’ अर्यालले न्युज कारखानासँग भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’ उक्त भेलामा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्व अध्यक्षहरूको भेला हुदैँछ ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्व अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीवाट जिल्ला अध्यक्षहरु काठमाडौँ आएका छन् । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ४० बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्