ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध | Khabarhub Khabarhub

ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लगाएको आरोप निराधार भएको बताएपछि नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएपछि एमाले सांसद उठेर विरोध जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा दिएका अभिव्यक्तिमाथि आज मन्त्री बडुले टिप्पणी गरेका थिए। त्यसक्रममा मन्त्री बडुले प्रयोग गरेका शब्द आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन एमाले सांसदहरूले माग गरेका छन्।

मन्त्री बडुले ‘साउनको महिनामा दृष्टि गुमाएको गोरूले सधैं हरियो देख्छ भन्ने उखान स्मरण गराउँछु’ भन्ने अभिव्यक्ति दिएका थिए। ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोप मन्त्री बडुको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू नबसेपछि बैठक केहीबेरलाई स्थगित गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ४६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस