नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी « Khabarhub

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो ।

बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बुलेटमा ग्यास भए पनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  २ : २४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल