प्रेस युनियनको समानान्तर भेलाले जेठ २८ र २९ तोक्यो नवौँ महाधिवेशन « Khabarhub

प्रेस युनियनको समानान्तर भेलाले जेठ २८ र २९ तोक्यो नवौँ महाधिवेशन


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थापना दिवसको अवसर पारेर पटकपटक महाधिवेशनको मिति सारिएको विरोधमा नेपाल प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला गरेको छ ।

काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा सम्पन्न भेलाले नवौँ महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय लिएको हो । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात २१-२२ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । अध्यक्ष बद्री सिग्देलबाहेको भेलाले महाधिवेशन मिति तोकेको हो ।

भेलाको उद्घाटन सत्रमा युनियनका संस्थापकहरू, प्रेस युनियनका पूर्व अध्यक्षहरू, वरिष्ठ पत्रकार तथा विभिन्न शाखाका अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले लोकतान्त्रिक पत्रकारहरूको संस्था भएरपनि युनियन विधिवत ढंगले सञ्चालन हुन नसकेको दुःख व्यक्त गर्दै युनियनको गरिमा उँचो राख्न आफूहरूको साथ रहने बताएका थिए । भेलाले २०७४ सालको भदौमै सम्पन्न हुनुपर्ने महाधिवेशन छैटौपटकसम्म स्थगित गरिएको, २ वर्षदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको तथा केन्द्रीय नेतृत्वले विधानसम्मत काम नगरेको ठहर समेत गरेको छ । 

आयोजित विशेष भेलाले महाधिवेशनको मिति तय गर्दै उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ । समितिमा प्रेस युनियनका केन्द्रीय पदाधिकारी र सदस्यहरू सम्मिलित छन् । भेलाले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू गठन समेत गरेको छ । केन्द्रीय सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति बनाइएको छ । केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक तयारी समिति र केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक तयारी समिति पनि बनाइएको छ । 

विशेष भेलाले महाधिवेशनको छुट्टै मिति तोकेसँगै युनियनमा विभाजनको रेखा कोरिएको छ । अध्यक्ष सिग्देल समूहले भदौमा र इतर समूहले जेठमा महाधिवेशन गर्ने मिति तोकेको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ५० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था