विकासका काममा सबै जनप्रतिनिधिले साझा सहमति बनाऔँ : प्रदेशसभा सदस्य थापा « Khabarhub

विकासका काममा सबै जनप्रतिनिधिले साझा सहमति बनाऔँ : प्रदेशसभा सदस्य थापा


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 महोत्तरी– महोत्तरी क्षेत्र न.१ (क) कि प्रदेशसभा सदस्य शारदादेवी थापाले विकासका लागी जिल्लाभरका सबै जनप्रतिनिधिहरूको साझा सहमति बन्नुपर्ने बताएकी छन् ।

रोडट्र्याक क्लब बर्दिबासले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै थापाले जनप्रतिनिधिहरू जनताको मुद्दामा सधैँ तत्पर रहनुपर्ने औँल्याइन् । जनप्रतिनिधिले जनताकै समस्यासँग नजिक रहनुपर्ने बताउँदै थापाले भनिन जनताको कुरा सुनेपछिमात्र विकासमा अगाडि बढनुस् । विकासका मोडेलहरू तयार गर्दा जनताका आधारभुत आवश्यक्तलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकासको ग्राफ तयार गर्न पनि सदस्य थापाले सल्लाह दिइएकी छन् । उक्त स्वागत सम्मान कार्यक्रममा बर्दिबासका नगरप्रमुख, उपप्रमुखसहित  १४ वटै वडाका निर्वाचित वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

नव निर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि विकासका लागी सबैसँग साझा सहमति बनाउनेमा प्रतिबद्धता जनाएका छन । सबै राजनीतिकदलहरूसँग  मिलेर समृद्ध बर्दिबासको अवधारणालाई अगाडि बढाउने नगरप्रमुख क्षेत्रीको भनाइ छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : ५६ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको