१० ग्राम सुन पाउने फर्जी अफरको एसएमएस, नखोल्न प्राधिकरणको आग्रह « Khabarhub

१० ग्राम सुन पाउने फर्जी अफरको एसएमएस, नखोल्न प्राधिकरणको आग्रह


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोबाइलमा ‘१० ग्राम सुन पाउने ‘बम्पर अफर’ सम्बन्धी एसएमएस आएमा नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणले सतर्क गराएको छ ।

‘२० रुपैयाँमै १० ग्राम सुन जित्ने अवसर’ भन्दै लिंक खोल्न अनुरोध गरेर एसएमएस पठाइने गरेकोबारे अनुसन्धान गरिरहेको प्राधिकरणले सुचना जारी गरी जानकारी दिएको छ । पछिल्ला केही दिनयता नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा यस्ता फर्जी एसएमएस आइरहेको गुनासो आएपछि प्राधिकरणले अनुसन्धान थालेको जनाएको छ ।

यस्ता एसएमएस आएमा तिनमा दिइएको लिंक नखोल्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले आफ्नो वेबसाइटमा जारी गरेको सूचनामा कतिलाई यस्तो एमएमएस गयो, कतिले लिंक खोल्नुभयो, कसले पठाएको भनी अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : ४० बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको